एडीबीले मेलम्ची खानेपानीलाई २ अर्ब अनुदान दिने

एडीबीले मेलम्ची खानेपानीलाई २ अर्ब अनुदान दिने

काठमाडौं । एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ ।

सञ्चालनमा नआउँदै २०७८ को बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्‍याएकाले हेडबक्स निर्माणका लागि एडीबीले २ अर्ब १९.७५ मिलियन अमेरिकी डलर भन्दा बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

ुएडीबीले अहिले हामीलाई २ अर्बभन्दा बढी ग्राण्ट दिएको छ । हाम्रो ड्यामेज ९० करोडको हो । उसले तपाईंहरूको ड्यामेज भयो हामी २ अर्ब दिन्छौँ भन्यो । हामीले त्यो सुविधा लिने कि नलिने रुु आचार्यले भने, ुहाम्रो खर्च ४ अर्ब होला आधा त कभर गरिदियो नि । बाँकी २ अर्ब त हामी १र२ वर्षमा उठाईदिहाल्छौँ नि काठमाडौंमा पानी जान थालेपछि त ।’   

बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरूले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडीबीले २ अर्बभन्दा बढी अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताए ।

‘एडीबीले आफूले लगानी गरेको छ । आफैँले अध्ययन गराएको छ । उसको यति धेरै लगानी भइसक्यो  । उसले पनि त आफ्नो लगानी त्यतिकै खेर फाल्छ चाहँदैन,ु आचार्यले भने, ुउसले गराएको अध्ययनमा माथि रकबेल्ड छ । त्यसमा रड खोपेर एंगल मिलाएर पानी पठाउने भनेको छ ।ु

२ वर्ष अघिदेखि नै एडीबीले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसँगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ ।

आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसको लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ ।

खबरपाटी
खबरपाटी