मोरङमा चट्याङ लागेर एक किशोरीको मृत्यु

मोरङमा चट्याङ लागेर एक किशोरीको मृत्यु

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका– ४ झुर्कियामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।

चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।


मेघगर्जन सहित बिहानदेखि वर्षा भएकाले महतो घरमै थिइन् ।


बिहान साढे ७ बजेतिर चट्याङ लागेर विपना गम्भीर घाइते भएकी थिइन् । बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको थियो ।

 

 

खबरपाटी
खबरपाटी