सुनको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ  । आज सोमबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।


आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रहेको आज घटेर १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँबाट घटेर १ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको छ । 

त्यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा झरेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँ रहेको थियो ।

खबरपाटी
खबरपाटी