आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१ रनले पराजित भएसँगै सुपर आठमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको हो ।

टी–२० विश्वकपमा समूह ‘ए’ बाट भारत र अमेरिका, ‘बी’ बाट अस्ट्रेलिया र इङ्ग्ल्यान्ड, ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बङ्ग्लादेश सुपर आठमा पुगे ।

दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

आज भएको समूह ‘डी’ को अर्को खेलमा श्रीलङ्काले सुखद अन्त्य गरेको छ । उसले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो । आज बेलुका समूह ‘सी’ का न्युजिल्यान्ड र पपुवा न्यू गिनी (पीएनजी) खेल्दैछन् ।

त्यस्तै अब समूह ‘सी’ मा अफगानिस्तान र वेष्टइण्डिजको अन्तिम खेल भोलि मङ्गलवार हुनेछ । समूह ‘डी’ मा रहेको नेपाल ४ खेलमा १ अङ्कका साथ समूहको पुछारमा रहेर बाहिरियो ।

खबरपाटी
खबरपाटी