आज आइतबार दुई संसदीय समितिको बैठक बस्दै

आज आइतबार दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ बजे बस्नेछ । 

आजको बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि प्रेस काउन्सिलसँग छलफल हुनेछ ।

खबरपाटी
खबरपाटी