आईसीसी टी–२० विश्वकप २०२४ : अष्ट्रेलियासँग स्कटल्याण्ड पराजित भएसँगै इङ्ल्याण्ड ‘सुपर ८’ मा

आईसीसी टी–२० विश्वकप २०२४ : अष्ट्रेलियासँग स्कटल्याण्ड पराजित भएसँगै इङ्ल्याण्ड ‘सुपर ८’ मा

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेको छ ।

आज बिहान भएको खेलमा स्कटल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरयो ।


अस्ट्रेलियाको यो लगातार चौथो जित हो । अस्ट्रेलियाको जीत साविक विजेता इङ्ल्यान्डका लागि भाग्योदय बनेको छ ।


रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै इङ्ल्यान्ड पनि सुपर ८ मा प्रवेश गर्न सफल भएको छ ।

दुई टोलीको अंक समान भए पनि रन रेटमा स्कटल्यान्डभन्दा उच्च भएसँगै इङ्ल्याण्डले सुपर ८ मा प्रवेश गर्ने अवसर पाएको हो । हार सँगै स्कटल्याण्ड भने बाहिरिएको छ ।

अब बंगलादेश, स्कटल्याण्ड र नेदरल्याण्ड्स सुपर ८ पुग्ने लक्ष्यमा छन् । यी मध्ये दुई टोली सुपर ८ मा पुग्ने छन् ।

खबरपाटी
खबरपाटी