टी–२० विश्वक २०२४ : नामिबियामाथि इंग्ल्याण्डको ४१ रनको जित

टी–२० विश्वक २०२४ : नामिबियामाथि इंग्ल्याण्डको ४१ रनको जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा नामिबियाविरुद्ध ४१ रनको जित निकालेको छ। 

गएराति भएको खेलमा समूह बी को इङ्ल्याण्डले नामिबियाविरुद्ध जित निकाल्दै सुपर एटको सम्भावनालाई जीवित राखेको हो। तर उसको सुपर एटको टुंगो भने अष्ट्रेलिया र स्कटल्याण्डबीचको खेलले लगाउने छ। अष्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा मात्र इङ्ल्याण्ड सुपर एटमा पुग्नेछ। 

वर्षाले प्रभावित हुँदा १० ओभरमा झारेर खेलाइएको इङ्ल्याण्ड र नामिबियाबीचको खेलमा नामिबियाले टस जितेर बलिङ रोजेको थियो। इंग्ल्याण्डले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२२ रन बनाए पनि डिएलएस पद्धतिबाट १ सय २६ को टार्गेट बनाइदिएको थियो।

जवाफी ब्याटिङमा आएको नामिबियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रन मात्र जोड्न सक्यो। 
 

खबरपाटी
खबरपाटी