फिस्लिङ दुर्घटना : उपचारका क्रममा कार चालकको मृत्यु,तीनजना गम्भीर

फिस्लिङ दुर्घटना : उपचारका क्रममा कार चालकको मृत्यु,तीनजना गम्भीर

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै शुक्रबार  बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।  


दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् । 

 
घाइते तीनजनाको अवस्था गम्भीर छ । चारजना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो । 
 

खबरपाटी
खबरपाटी