ट्वान्टी-२० विश्वकप क्रिकेट २०२४ : समूह चरणबाटै बाहिरियो न्युजिल्यान्ड

ट्वान्टी-२० विश्वकप क्रिकेट २०२४ : समूह चरणबाटै बाहिरियो न्युजिल्यान्ड

काठमाडौँ । पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान सुपर-एटमा स्थान पक्का गरेपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको छ ।  समूह सीु बाट अफगानिस्तान र वेस्ट इन्डिज ३ खेलबाट समान ६ अंक बटुल्दै अर्को चरणमा प्रवेश गरिसकेका छन् ।


ट्वान्टी(२० विश्वकप क्रिकेट स् समूह चरणबाटै बाहिरियो न्युजिल्यान्ड

अफगानिस्तान र पपुवा न्यु गिनीको खेलमा अफगानिस्तान पराजित भएको भए न्युजिल्यान्ड अर्को चरणमा जाने झिनो आशा कायम हुन्थ्यो । अहिलेसम्म खेलेका दुवै खेल न्युजिल्यानले हार बेहोरेको छ । न्युजिल्यान्ड पहिलो खेलमा अफगानिस्तानसँग ८४ र दोस्रो खेलमा वेस्ट इन्डिजसँग १३ रनले पराजित भएको थियो ।


पहिलो खेलमा न्युजिल्यान्डलाई अफगानिस्तानले ७५ रनमै अलआउट गरिदिएको थियो । न्युजिल्यान्डले अब शनिबार युगान्डा र सोमबार पपुवा न्यु गिनीसँग खेल्नेछ । न्युजिल्यान्ड समूह सीु को अंकतालिकाको पुछारमा रहेको छ । न्युजिल्यान्ड ट्वान्टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको यो पहिलो पटक हो ।

खबरपाटी
खबरपाटी