प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियननसिपमा आयुष र इरफानलाई ढाकामा स्वर्ण

प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियननसिपमा आयुष र इरफानलाई ढाकामा स्वर्ण

काठमाडौँ । नेपालका आयुष ढुंगेलले बिहीबार प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियननसिपमा स्वर्ण पदक जितेका छन् ।

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको फाइनलमा आयोजक बंगलादेशका अल सुवेद राइमलाई हराएका थिए । यसअघि, आयुषले सेमिफाइनलमा यासिनलाई पराजित गरेको उनका प्रशिक्षक अशोक खड्काले जानकारी दिएका छन् ।


पुरुष ५४ केजीमा पनि नेपालका शेख इरफान खरेलले आयोजक देशका अब्दुल जायद खानलाई हराएर स्वर्ण पदक जिते । पुरुष ४५ केजीमा भने नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग हारेपछि रजत पदकमा सीमित भए । नेपाली टिमको प्रशिक्षकमा मोहम्मद उमर खान छन् ।

खबरपाटी
खबरपाटी