दाङबाट काठमाडौं जाँदै गरेको बस सैनामैनामा दुर्घटना

दाङबाट काठमाडौं जाँदै गरेको बस सैनामैनामा दुर्घटना

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको सैनामैनमा यात्रुबाहक बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। 

दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस मंगलबार राति सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर प्रसाद भट्टले बताए। 


घाइतेको बुटवलको चौराहा हस्पिटल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका भैरहेको छ । 


बसका सहचालक गम्भीर घाइते छन् । उनको पहिचान खुल्न सकेको छैन ।
 

खबरपाटी
खबरपाटी