सङ्खुवासभाको सोलाखानी पहिरोमा पुरिएर एकको मृत्यु, दुई घाइते

सङ्खुवासभाको सोलाखानी पहिरोमा पुरिएर एकको मृत्यु, दुई घाइते

काठमाडौं । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । 

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते भएका छन् । 


उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

खबरपाटी
खबरपाटी