नेपालमा भित्रियो यस वर्षको मनसुन प्रणाली, सरदरभन्दा बढी वर्षा हुने सम्भावना

नेपालमा भित्रियो यस वर्षको मनसुन प्रणाली, सरदरभन्दा बढी वर्षा हुने सम्भावना

काठमाडौँ। यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खबरपाटी
खबरपाटी