सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईवी)ले अध्यक्ष राजेशुकमार श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सञ्चालक समिति सदस्यहरू रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, सुनिलकुमार न्यौपाने, गीता प्रधान, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल छन्।

कर्जा दुरुपयोगको आरोपमा सिआईवीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

खबरपाटी
खबरपाटी