गृहमन्त्री लामिछाने मुद्दा प्रकण : उजुरीसहितका सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश

गृहमन्त्री लामिछाने मुद्दा प्रकण : उजुरीसहितका सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेका उजुरीसहितका सक्कल मिसिल झिकाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय डा। मनोज कुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार उक्त आदेश गरेको हो । लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितका माग राखेर सर्वोच्चमा रिट परेको थियो ।


अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दिनमणि पोखरेललगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।


शुरूमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो । त्यसपछि भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए ।

रिटमा  रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग गरिएको थियो ।

खबरपाटी
खबरपाटी