वेस्टइन्डीजको युगाण्डाविरुद्द सहज जीत

वेस्टइन्डीजको युगाण्डाविरुद्द सहज जीत

काठमाडौं ।  आईसीसी टी२० विश्वकप २०२४ मा वेस्ट इन्डीज तथा युगाण्डाबीचको खेल आइतवार बिहान सम्पन्न भएको छ । गुयानाको प्रोभिडेन्स स्टेडियममा खेलिएको यो खेलमा वेस्ट इन्डीजले युगाण्डालाई नराम्ररी पराजित गरेको छ । वेस्ट इन्डीजको यो यस वर्षको लगातार छैठौं जीतसमेत हो ।

यो खेलमा वेस्ट इन्डीजले पहिला ब्याटिङ गर्दै १७३/५ रनको स्कोर तयार पारेको थियो । जवाफमा मैदामा उत्रिएको युगाण्डाको नयाँ टीम केवल ३९ रनमै समेटियो । फलस्वरुप वेस्ट इन्डीजले यो खेल १३४ रनले जित्यो ।


यो वेस्ट इन्डीजको पहिला सबै टी–२० इन्टरनेशनल खेलहरुमध्ये सबैभन्दा ठूलो जीत हो, जसले २०१४ को विश्वकपमा मीरपुरमा पाकिस्तानविरुद्ध ८४ रनको जीतलाई पछाडि पारेको छ ।

वेस्ट इन्डीजको जीतको हीरो रहे अकील हुसैन, जसले चार ओभरमा ११ रन दिएर पा“च विकेट लिए । अकीलको यो प्रदर्शन टी२० विश्वकपमा कुनै पनि वेस्ट इन्डीज बलरको दृष्टिकोणले सबैभन्दा उत्कृष्ट हो । अकीले यसरी २०१४ मा मीरपुरमा बंगलादेशविरुद्ध स्यामुअल बद्रीद्वारा ४-१५ को प्रदर्शनलाई पछाडि छाडेका छन् ।

यूगाण्डाको टीम एक समय टी२० विश्वकपमै लज्जास्पद कीर्तिमान बनाउने क्रममा थियो, यद्यपि ३९ रनमा अलआउट भएर यो टीमले त्यो पुरानो कीर्तिमानको बराबरी भने गरेको छ । वास्तवमा, टी२० विश्वकपमा २४ मार्च २०१४ मा नीदरल्याण्ड्सको टीमले श्रीलंका विरुद्ध ३९ रन बनाएको थियो ।

त्यो त ओभरअल टी२० इन्टरनेशनलमा सबैभन्दा कम रन बनाउने कीर्तिमान इज्ले अफ म्यानको नाममा छ । इज्ले अफ म्यान टीम २६ फेब्रअरी २०२३ मा स्पेनविरुद्ध कार्टाजेनामा भएको खेलमा १० रनमे समेटिएको थियो ।

आजको खेलमा वेस्ट इन्डीजका कप्तान रोवम्यान पावेलले टस जिते र युगानामा युगाण्डाविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरे । वेस्ट इन्डीजको तफृबाट यो प्रतिस्पर्धामा जोनसन चाल्र्सले ४४ रन बनाए भने आन्द्रे रेसलले अन्त्यमा आएर १७ बलमा ३० रन बनाए । यसरी वेस्ट इन्डीजले २० ओभरमा पाँच विकेटको क्षतिमा १७३ रनको स्कोर तयार पार्यो । युगान्डाको तफृबाट सबैभन्दा सफल बलर ब्रायन मसाबा रहे, जसले दुई विकेट लिए ।

वेस्ट इन्डीजले आज हासिल गरेको १३४ रनको अन्तरको जीत टी२० विश्वकपको दोस्रो ठूलो स्कोर हो । यसअघि सन् २००७ मा जोहानसबर्गमा श्रीलंकाले केन्याविरुद्ध १७२ रनको अन्तरले खेल जितेको थियो ।

खबरपाटी
खबरपाटी