छानबिन समिति बैठक बस्दै, कार्यविधिमा छलफल हुने

छानबिन समिति बैठक बस्दै, कार्यविधिमा छलफल हुने

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको बैठक आज बस्दै छ । दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुने संयोजक सूर्य थापाले जानकारी दिए । 

बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो । 

सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ । 


 

खबरपाटी
खबरपाटी