मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस

काठमाडौं । मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेस गरेका छन् । शुक्रबार बिहान गठबन्धनका दलहरूबीच सहमति जुटेसँगै उनले दाबी पेस गरेका हुन् । 

उनले ५५ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् । १०७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २४, जनमतका १३, नेकपा (माओवादी केन्द्र)का ९ र नेकपा (एकीकृत समाजवादी) का ७ सांसद छन् । संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिका एक÷एक सांसदहरुले पनि सत्ता गठबन्धनलाई साथ दिएका छन् । 

दलहरूबीचको सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ ।

नेकपा (माओवादी केन्द्र)लाई अर्थ र पर्यटन मन्त्रालय, नेकपा (एकीकृत समाजवादी)लाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उर्जा तथा सिंचाई मन्त्रालय दिने सहमति भएको छ । 

जनमत पार्टीलाई वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ । १÷१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नगरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ । 

आज सवा १२ बजे शपथग्रहण गर्ने कार्यक्रम छ । न्युज एजेन्सी नेपाल

खबरपाटी
खबरपाटी