मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले लिए शपथ

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले लिए शपथ

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ ग्रहण गरेका छन् ।

शुक्रबार दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।


सिंह नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

उनलाई ६ दलका ५५ सांसदको समर्थन छ । सिंह सप्तरी २ को (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

मुख्यमन्त्रीमा सिंहले ११ सदस्यीय मन्त्रीमण्डलसमेत गठन गर्ने तयारी छ ।

खबरपाटी
खबरपाटी