घरेलु टोली अमेरिकाको आईसीसी टी२० विश्वकप क्रिकेटमा विजयी शुरूआत

घरेलु टोली अमेरिकाको आईसीसी टी२० विश्वकप क्रिकेटमा विजयी शुरूआत

काठमाडौँ– घरेलु टोली अमेरिकाले आईसीसी टी२० विश्वकप क्रिकेटमा विजयी शुरूआत गरेको छ। 

आइतबार बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

अमेरिकाका लागि आरोन जोन्सले नटआउट ९४ रनको योगदान दिए। उनले ४० बलमा १० छक्का र ४ चौका प्रहार गरे। एन्ड्रिस गोउसले ४६ बलमा ६५ रन बनाए। उनले ३ छक्का र ७ चौका प्रहार गरेका थिए। 

क्यानडाका कलिम साना, डिलोन हेइलगर र निखिल दत्तले समान १–१ विकेट लिए। डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो। 

क्यानडाका नभनित धलिवालले ६१ रनको योगदान दिए। उनले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए। निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए। 

श्रीयस मोभा १६ बलमा ३२ रनमा नटआउट रहे। अमेरिकाका अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान १–१ विकेट लिए।

खबरपाटी
खबरपाटी