आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । अमेरिकाको डल्लासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा गएराति भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो ।

क्यानडाले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा एक सय २० रनमा समेटियो । नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । क्यानडाका डिलन हेलिगर एक्लैले ४ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । उसका निकोलस किर्टनले सर्वाधिक ५२ रन बनाएका थिए ।

नेपालले अब दोस्रो अभ्यास खेलमा अमेरिकासँग पर्सि बिहिवार खेल्नेछ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको विश्पकप जुन २ तारिखदेखि शुरु हुदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ । 

खबरपाटी
खबरपाटी