आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा भएको दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत राजन सुवेदीको मृत्यु भएको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका सुवेदी ट्रक चालक हुन् । सुवेदीको मृत्युसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि १७ वर्षीय किशोरको मृत्यु भएको थियो । उनको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा २२ जना घाइते भएका छन् जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गए राति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बस, नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बस एकै ठाँउमा ठोक्किएका थिए ।
चितवनमा ४ वटा सवारी साधन एकैपटक ठोक्किए, एक युवकको मृत्यु