विश्वप्रकाशको प्रश्न : महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ?

विश्वप्रकाशको प्रश्न : महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दोहोरो मापदण्ड देखाएर महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्थाजस्तो देखिएको आरोप लगाएका छन् । 

सरकारलाई खबरदारी गर्न काठमाडौंको प्रदर्शनीमार्गमा गरेको विरोध सभामा बोल्दै शर्माले यस्तो बताएका हुन् । 


‘महान्यायाधिवक्ताको कार्यालय सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन गर्नुपर्दैन भन्छ । दुई वटा पासपोर्ट भए पनि छानबिन गर्नुपर्दैन रुु, शर्माले भने, ‘तर छानबिनलाई सघाउन तयार छु भन्ने कैलाश सिरोहियालाई पक्राउ गर्छ, उस्तै मुद्दामा रवि सरकारमा छन् तर कैलाश कारागारमा हुनुपर्ने रु कैलाशको मुद्दा जनकपुरमा चल्दै गर्दा गृहमन्त्रीको पासपोर्टमाथि किन छानबिन हुँदैन ?’

खबरपाटी
खबरपाटी