बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन बन्ने प्रधानमन्त्री दाहालको भनाइ

बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन बन्ने प्रधानमन्त्री दाहालको भनाइ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताएका छन्।

आइतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानबिन समिति गठनको लागि सहमतिमा पुगिने बताएका हुन्।

उनले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए। उनले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज९आइतवार० बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताए ।

उनले संसदीय समिति गठनमा सहमति भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतिको नजिकै पुगेको जानकारी दिए।

खबरपाटी
खबरपाटी