आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएको छ।
यी केन्द्रमार्फत वितरण हुने विभिन्न स्थानमा आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
साँखु फिडर, चौमती फिडर, केएमसी फिडर, कालीमाटी फिडर, रोपवे फिडर र मूलपानी फिडरको विद्युतीय तार भूमिगत गरिनेछ ।
जसका कारण साँखु बजार, छाउनी आर्मी अस्पताल क्षेत्र, सुविधा नगर सिनामंगल, भिमसेनगोला क्षेत्र, सोल्टी मोडदेखि कलङ्की क्षेत्र, मैत्रीनगर, टेगलाफाँट क्षेत्र फिकल चोकदेखि बाबा चोकसम्म भिन्दाभिन्दै दिनमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।