आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) प्रतिनिधि सभामा देखापरेको दृश्यले सभामुखको भूमिका पनि पदीय गरिमा अनुकूल नभएको ठहर गरेको छ ।
प्रतिनिधि सभा बैठकपछि बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘सघीय संसद्को सभामुख जस्तो पदमा आसिन व्यक्तिले त्यो गरिमा र मर्यादा राख्नुपर्छ ।’
उनले कुनै एउटा पार्टी विशेषको कार्यकर्ताको रुपमा संसद्मा प्रस्तुत हुने कुरा सभामुख जस्तो पदका लागि शोभनीय नहुने बताए ।
‘त्यसैले हामीले सभामुखलाई संसदीय मूल्य मान्यता र परम्परा जोगाउनका लागि सभामुखको मर्यादालाई कायम राख्दै भूमिका निर्वाह गर्न पनि ध्यानाकर्षण गराएका छौँ’, संसदीय दलको निर्णय सुनाउँदै लेखकले भने ।