कांग्रेसको अवरोध लोकतन्त्रको भद्दा मजाक हो : गृहमन्त्री

कांग्रेसको अवरोध लोकतन्त्रको भद्दा मजाक हो : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई आरोप वा धम्की नदिएको बताएका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संसदमा बोल्ने क्रममा आफूले सहकारीमा आफूजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टिकरण गरे ।

छापामा आएकै भरमा आफूमाथि छानविन गर्ने हो भने अरुमाथि पनि छानविन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । लामिछानेले गिरिबन्दु प्रकरणमा छानविन गर्नुपर्ने र दोषीलाई कारवाही गर्न आफू तयार रहेको बताए ।

उनले सहकारी प्रकरणमा समिति बनाउनका लागि कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको जिकिर गरे । सहकारी पीडितलाई न्याय दिने गरि सरकारले काम गर्ने उनको भनाइ छ ।

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरे।  विश्वासको मत कहिले लिने भन्ने अधिकार प्रधानमन्त्रीको भएको उनले बताए।

खबरपाटी
खबरपाटी