देउवालाई गृहमन्त्री लामिछानेको  प्रश्न : प्रधानमन्त्रीको अफर बाँकी छ कि एक्सपायर भयो ?

देउवालाई गृहमन्त्री लामिछानेको  प्रश्न : प्रधानमन्त्रीको अफर बाँकी छ कि एक्सपायर भयो ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन् ।

सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए । ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ रु’ उनले भने, ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका लामिछानेले अगाडि भने, ‘यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ ।’

खबरपाटी
खबरपाटी