भारतको चुनावका कारण बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

भारतको चुनावका कारण बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

नेपालगञ्ज । बाँकेको नेपाल(भारत जमुनाहा नाका आजदेखि दुई दिन बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमा नाका आज राति साढे १० देखि सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । भारतमा सोमबार निर्वाचन हुँदैछ ।

खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमा नाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमा नाका बन्द हुँदै आएको थियो ।

खबरपाटी
खबरपाटी