आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका १२ चौतारास्थित कान्ति लोकपथमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
ललितपुरबाट हेटौंडातर्फ आइरहेको कार शनिबार चौतारानजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले बताए। उनका अनुसार, दुर्घटनामा रौतहटको मौलापुर नगरपालिका ६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका १२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको छ।
दुर्घटनामा घाइते तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो। साह र ब्लोनको उपचारका क्रममा ज्यान गएको डीएसपी भण्डारीले बताए।
दुर्घटनामा बाराको निजगढ नगरपालिका ६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन्। उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।