विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल ९वामअर्प म्याच० खेल्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने पक्का भएको हो।

आईसीसीले वामअर्प म्याचका लागि २७ मेदेखि १ जुनसम्मको तालिका सार्वजनिक गरेको छ ।

नेपालले २७ मेमा क्यानडासँग खेल्ने छ। यो खेल ग्रान्ड प्रेयरी क्रिकेट रंगशाला, टेक्सासमा हुनेछ। दुई दिनपछि सोही रंगशालामा नेपालले अमेरिकासँग अभ्यास खेल खेल्ने छ।

खबरपाटी
खबरपाटी