कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

नीति तथा कार्यक्रम प्रस्तुतपछि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन बसेको बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी गराएका छन्।

खबरपाटी
खबरपाटी