मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषद् बैठकबाट  नीति तथा कार्यक्रम पारित

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सोही प्रयोजनका लागि मंगलबार बिहान बैठक बसेको थियो ।

बैठकपछि प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बैठकमा नीति तथा कार्यक्रमबारे छलफल भएको र त्यसलाई पारित गरिएको बताइन् ।

त्यस्तै, बैठकले १६औं पञ्चवर्षीय योजनालाई पनि परिमार्जनसहित पारित गरिएको उनले बताइन् ।

मंगलबार दिउँसो बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

खबरपाटी
खबरपाटी