काठमाडौं – चन्द्रागीरी नगरपालीका वडा नं २ कोइराला थोकमा अवस्थीत श्री चण्डीका देबी मन्दीर परीसरमा हालै सम्पन्न भएको ऐतिहासिक श्रीमद देबि भागवत ( चण्डीका देबी ) ज्ञान महा यज्ञ तथा चन्द्रागीरी धार्मीक महोत्सव कार्यक्रममा संकलित रकम तथा विभिन्न शीर्षकमा भएको खर्च हीसाब /कीताब शनिबार सार्बजनिक भएको छ ।
श्री चण्डीका देबी मन्दीर परीसरमा २०८०र१२र२७ गतेबाट २०८१र०१र०५ गतेसम्म संचालन भएको ऐतिहासिक श्रीमद देबि भागवत (चण्डीका देबी) ज्ञान महा यज्ञ तथा चन्द्रागीरी धार्मीक महोत्सव कार्यक्रममा संकलित रकम साथै विभिन्न शीर्षकमा भएको खर्च हीसाबकीताब सार्बजनिक कार्यक्रममा संयोजक राजेन्द्र कोइराला ,वडा नं. २ का कार्यबाहक वडा अध्यक्ष चन्द्र कुमारी गिरी बस्नेत साथै प्रमुख अतीथी तथा युवा पण्डित श्री बीजय सीग्देल सहीत करीब ५० जनाको उपस्थितिमा उक्त समीतीका कोषाध्यक्ष श्री दसराम कार्कीज्युले आय ब्यय सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रम संचालन तथा खर्च सार्बजनिक बारे सम्पूर्ण व्यहोरा सह संयोजक मधुकर बस्नेतले गर्नुभएको थीयो । खर्च विवरण कार्यक्रममा बोल्दै प्रमुख अतीथी चन्द्र कुमारी गिरी बस्नेतले यश चण्डीका देबी मन्दीर परीसरमा अझै धेरै नै भौतिक पुर्वाधारहरु बनाउनु पर्ने बताउदै भविष्यमा मन्दिरको स्तरउन्नतीको लागि वडा कार्यालयले आवश्य बजेट बीनीयोजन गर्ने र बोल्नु भन्दा कार्य गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै युवा पण्डित विजय सीग्देल ज्युले आयोजक टीमलाइ धन्यवाद दिनुभयो । कार्यक्रम समापन गर्दै ऐतिहासिक श्रीमद देबि (चण्डीका देबी ) भागवत ज्ञान महा यज्ञ तथा चन्द्रागीरी धार्मीक महोत्सव कार्यक्रमका संयोजक राजेन्द्र कोइरालाले मुल समीती, उप समीती लगाएत कुनै पनि समितिमा नरहि यो महा यज्ञ सफल बनाउनुपर्छ भनेर अहोरात्र खटिनु भएका सबैलाई धन्यवाद दीदै सबै आम चन्दा दाताहरुले दान गर्नु भएको रकम कुल आम्दानी :- रु. ४१,७०,२९६ /- उक्त कार्यक्रममा भएको खर्च रु २३,९२,७१५ /- र अब समीतीको नममा श्री बाघबच्छला बहुउद्देश्यीय सहकारी सस्था ली को खातामा अक्षयकोषको रूपमा बचत रकम :- रु १७,७७,५८१ /- रहेको जानकारी गराउनु भएको छ । साथै उक्त बचत रकमबाट चण्डीका देबी मन्दिर परीसरको कोटेशन माग गरि डि. पि. आर. तयार गरि उत्त स्थानको भौतिक पुर्वाधार बनाउने जानकारी गराउदै यसै वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष तथा कार्यपालिका सदस्य श्री चन्द्र कुमारी गिरी बस्नेतलाइ वडा कार्यालयमा रहने गरि खर्च, बीवरण आम्दानी र समीतीको माइन्युटको फोटोकपी समेत समीतीको तर्फबाट हस्तान्तरण गर्नु भयो ।
सबै चन्दादाताहरुको नामावली र संकलन भएको रकमको बीवरण पनि फ्ल्याक्स प्रीन्टमा सोही स्थानमा टासिंएको हुदा आफ्नो नाम र रकम सच्चाउनु पर्ने भएमा वा सम्मान पत्र समेत लीन बाकी रहनु भएको छ भने समीतीका पदाधिकारीहरुलाइ सम्पर्क गर्नसंयोजक कोइरालाले आग्रह गर्नुभएको छ ।
कुलसंकलन रकमको विवरण यस प्रकार छ :
कुल आम्दानी :- रु. ४१,७०,२९६ /-
कुल खर्च :- रु. २३,९२,७१५ /-
समीतीको खातामा अक्षयकोषको रूपमा बचत रकम :- रु १७,७७,५८१ /-