८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ

८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ

काठमाडौं ।  जनकपुरधाममा वित्तीय संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा हतियारसहित आएका तीन जनाले रकम लुटपाट गरेको घटनामा प्रहरीले पक्राउ गरेका दुई जनालाई सार्वजनिक गरेको हो ।


धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सोमबार तीन जनाले रकम लुटे पनि ८ जनाको संलग्नता रहेको पाइएको बताए । उनले संलग्नहरूमध्ये दुई जना पक्राउ परेको र  बाँकी फरार रहेकाले उनीहरूको खोजी भइरहेको बताए ।

उक्त लुटपाटको घटनामा संलग्न रहेकाहरुविरुद्ध लागूऔषधलगायतका मुद्दा यसअघि पनि रहेको उनले बताए । प्रहरीले दुई जनालाई सार्वजनिक गरे पनि नाम भने खोलाएको छैन ।


गत सोमबार धनुषाको सबैला नगरपालिका–१२ मा रहेको शुभ श्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोको साथबाट ८० लाख रुपैयाँ लुटिएको थियो ।

खबरपाटी
खबरपाटी