रियाल मड्रिड यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

रियाल मड्रिड यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखविरुद्ध दोस्रो लेगमा २–१ को पुनरागमन जित निकाल्दै रियाल मड्रिड यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियाललाई जित दिलाउन दुवै गोल जोसेलुले गरे । बायर्नका अल्फान्सो डेविसले गोल गरेका थिए ।

खेलको ६८औँ मिनेटमा डेबिसको गोलमा बायर्नले अग्रता बनाएको थियो । तर, खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा जोसेलुले गोल गर्दै रियाललाई खेलमा फर्काएका थिए । यस्तै, इन्जुरी समयमा जोसेलुले नै निर्णायक गोल गरेपछि रियालले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो ।

रियालले समग्रमा ४–३ को जितसहित फाइनल यात्रा तय गरेको हो । यसअघि यी दुई टिमबीचको पहिलो खेल २–२ को बराबरीमा समाप्त भएको थियो ।

खबरपाटी
खबरपाटी