कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

पाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने छ।

भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

बर्खे अधिवेशनको पहिलो बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ।

हिउँदे अधिवेशनमा सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको कांग्रेसले आफ्ना मागलाई निरन्तरता दिने भएको छ।

विहीबार बसेको कांग्रेस पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको थियो।

खबरपाटी
खबरपाटी