गण्डकी सरकारविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुग्यो

गण्डकी सरकारविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुग्यो

काठमाडौं । गण्डकी सरकारविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुग्यो पुगेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर सर्वोच्च अदालत पुगेको हो । 
गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारे सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गर्न आफूहरू सर्वोच्च अदालतमा रहेको सांसदद्वय डिल्लीराम सुवेदी र द्रोणकुमार कुँवरले जानकारी दिए । 
संविधानको धारा १८८ ९३० अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । यसविरुद्ध कांग्रेस अदालत पुगेको हो । 

खबरपाटी
खबरपाटी