नुवाकोटको शिरखालीमा स्कूल बस र मोटरसाइकल ठोक्किए :२ जनाको मृत्यु, २ ‘गम्भीर’ घाइते

नुवाकोटको शिरखालीमा स्कूल बस र मोटरसाइकल ठोक्किए :२ जनाको मृत्यु, २ ‘गम्भीर’ घाइते

काठमाडौ । नुवाकोटको बेलकोटगढी नगरपालिका ८ शिरखालीमा मंगलबार स्कूल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु भएको छ । 


यस्तै २ जना गम्भीर घाइते भएका छन् ।  

देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र सोही दिशामा जाँदैको वाग्मती प्रदेश ०२–०४६प १५२९ र वाग्मती प्रदेश ०२–०४४प ३६९२ नम्बरको मोटरसाइकल बेलुकी ५ बजेतिर घुम्तीमा ठोक्दिँदा २ युवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।


उनका अनुसार दुर्घटनामा काठमाडौं बस्ने २७ वर्षीय रुविन रावल र ललितपुरका २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको हो ।

यस्तै ऋतिक तिवारी र उपकार थापा घाइते भएका हुन् । 

‘दुर्घटनामा परेर ४ जना घाइते भएका थिए । तीमध्ये २ जनाको मृत्यु भएको छ । २ जनाको अवस्था पनि गम्भीर छ,’ उनले भने । 

घाइते २ जनालाई उपचारका लागि काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएको छ । घटनाबारे थप अनुसन्धान 

खबरपाटी
खबरपाटी