काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

हावाहुरीका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा बिजुली पनि अवरुद्ध भएको छ ।

ललितपुरमा अहिले तीव्र गतिको हावाहुरी चलिरहेको छ । धेरै स्थानमा विद्युत् अवरुद्ध भएको स्थानीयबासीले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

‘सोमबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली हुनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा रहने छ’, महाशाखाले भनेको छ, ‘कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।’

महाशाखाले  देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।

खबरपाटी
खबरपाटी