भोलि काठमाडौँ महानगरभित्रका सबै विद्यालयहरूमा सार्वजनिक बिदा

भोलि काठमाडौँ महानगरभित्रका सबै विद्यालयहरूमा सार्वजनिक बिदा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगर भित्रका सबै विद्यालयहरूलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

महानगर अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रूपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

खबरपाटी
खबरपाटी