कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका(७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए। नुहाउने क्रममा उनीहरू डुबेका थिए।

यस्तै, शान्तिपुरकै समीर सुवेदी र शिशिर विष्ट भने घाइते भएका छन्। घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखिएको छ।

खबरपाटी
खबरपाटी