झापामा गाेली चल्याे: १२ को परीक्षा दिएर फर्केकी छात्रा घाइते

झापामा गाेली चल्याे: १२ को परीक्षा दिएर फर्केकी छात्रा घाइते

झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ ।

आक्रमण परेर १८ वर्षकी एनिका अधिकारी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।

उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

उनको पेटमा गोलीको छर्रा जस्ताे वस्तु लागेको छ । तर यकिन नभएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्म कोही पनि पक्राउ नपरको डीएसपी चन्दले बताए ।

खबरपाटी
खबरपाटी