रास्वपाको सचिवालय बैठक आज बस्दै

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। 

पार्टी कार्यालय बनस्थलीमा दिउँसो साढे ४ बजे बस्ने बैठकले इलाम–२ को उपनिर्वाचनको समीक्षा गर्नेछ।

वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो।

बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाएको छ। 

खबरपाटी
खबरपाटी