आज दिउँसो संसदीय समितिको बैठक बस्दै

दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

आज दिउँसो संसदीय समितिको बैठक बस्दै

काठमाडौं । तीन संसदीय समितिको बैठक म‌गलबार बस्दैछ। दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ।

बैठकमा नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी विद्यमान कानून, उनीहरुका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम(ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो १२ः३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि छलफल हुनेछ। 

दिउँसो १२ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ।

खबरपाटी
खबरपाटी