आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं ।प्रदेश सभा सदस्यका लागि बझाङ १ ‘क’ मा भएको उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी र कांग्रेसका अभिषेकबहादुर सिंहबीच नौ मतको अन्तर छ।
निर्वाचन आयोगका अनुसार सोमबार बिहान ११ बजेसम्म २६ हजार २१८ मत गणना भएको छ। जसमा एमालेका भण्डारीले नौ हजार ८८९ मत पाएका छन्।
उनका प्रतिस्पर्धी कांग्रेसका सिंहले आठ हजार ८८० मत पाएका छन्। दुवै उम्मेदबारबीच शुरूआतदेखि नै प्रतिस्पर्धा भइरहेको छ।
त्यस्तै, नेकपा ९माओवादी केन्द्र०का जनकबहादुर बुढाले तीन हजार ३६३ मत पाएका छन्। चौथो नम्बरमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन्।
बझाङमा अब चार हजार मत गणना गर्न बाँकी छ। यस क्षेत्रमा ३० हजार ३२८ मत खसेको थियो।