दुई स्थानमा भइरहेको उपनिर्वाचनको मतगणनाको ताजा अपडेट

दुई स्थानमा भइरहेको उपनिर्वाचनको मतगणनाको ताजा अपडेट

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहानदेखि पछाडि पारेको छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ८ हजार २२७ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार ९७४ मत पाएका छन्। चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २५३ मतले अगाडि छ।

माओवादीका उम्मेदवार जनक बुढा २९ सय ९३ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २१ सय ६२ मतसहित चौथो स्थानमा छन्।

अहिले मष्टा गाउँपालिकाको ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना जारी छ। अब तल्कोट र साइपाल गाउँपालिकाको मतगणना हुँन बाँकी छ।
इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । उनले ७ हजार ६७७ मतका साथ अग्रता कायमै राखेका हुन् ।

सुहाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन् । कांग्रेसका खड्काले ५ हजार ३९५ मत ल्याएका छन् । एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर २२ सय ८२ रहेको छ ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ५८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ११ सय ६२ मत पाएका छन् । इलामको फाकफोकथुम र चुलाचुली १,२,३ को मत गणना सकिँदा एमालेले अग्रता बढाउँदै गएको हो ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो ।

खबरपाटी
खबरपाटी