काठमाडौं । भिजिविलिटी कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान–अवतरण ठप्प बनेको छ । भिजिविलिटी कम भएका कारण बुद्ध एयर र यति एयरलायन्सको उडान ठप्प भएको हो । यद्यपि, पोखराबाट यति एयरलायन्सको एउटा उडान भने भएको थियो ।
यति एयरलायन्सको पोखरामा रात्रिकालिन पार्किङ गरेको एउटा विमानले उडान भरेको थियो । तर, त्यसबाहेक पोखरामा अरु उडान–अवतरण हुन नसकेको यति एयरलान्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
शुक्रबार यति एयरलायन्सको काठमाडौं–पोखरा १० फ्लाइट थियो । त्यसमध्ये ६ फ्लाइटका यात्रुले टिकट नै रद्द गरेको बर्तौलाले जानकारी दिए । यद्यपि, अहिलेसम्म कुनै पनि उडान भने आधिकारिक रूपमा रद्द नगरेको बर्तौलालले जानकारी दिए ।
बुद्ध एयरको काठमाडौं–पोखराको शुक्रबारको अधिकांश उडान रद्द गरिएको प्रवक्ता दिपेन्द्र कर्णले बताए । साथै बुद्ध एयरको अन्तरप्रदशीय पोखराबाट हुने नेपालगन्ज, भरतपुर र भैरहवा उडान पनि रद्द गरिएको प्रवक्ता कर्णले बताए ।