भोलि त्रिभुवन विमानस्थल आधा घण्टा बन्द रहने

भोलि  त्रिभुवन विमानस्थल आधा घण्टा बन्द रहने

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउनेक्रममा भोलि त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

त्रिभुवन विमानस्थलका अनुसार भोलि दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि नोटिस टु एयरमेन ९नोटम० जारी गरि विमानस्थल बन्द हुने जानकारी गराइएको हो । राजकीय भ्रमणका लागि अतिविशिष्ट पाहुना आउँदा सुरक्षासँगै सम्मान व्यक्त गर्न नोटम जारी गरि अन्य उडान बन्द गरिँदै आएको छ ।


कतारी राजाको फिर्ती उडानका बेला पनि बुधबार विमानस्थल बन्द रहने छ । दुई दिने भ्रमणका लागि कतारी अमिर हमाद अल थानी नेपाल आउन लागेका हुन् । कतारका सबैभन्दा उच्च नेतृत्वबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो । भोलि देशभर सार्वजनिक बिदाको पनि घोषणा गरिएको छ ।

खबरपाटी
खबरपाटी