दोहोरो अंकले बढ्यो सेयर बजार , १९८४ अंकमा कायम

दोहोरो अंकले बढ्यो सेयर बजार , १९८४ अंकमा कायम

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार दोहोरो अंकमा बढेको छ । आइतबार नेप्से १२.२९ अंकले नेप्से बढेको हो ।

बढेको नेप्से १९८४ अंकमा कायम भएको छ । कुल २ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको धितोपत्र बोर्डले जनाएको छ ।


कुल १७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ६ को स्थिर रह्यो ।


समग्र बजार बढ्दा बैंकिङ समूहको सूचक भने ३.५६ अंक घटेको छ ।

विकास बैंक ४१, फाइनान्स १०, होटल तथा पर्यटन १५, हाइड्रोपावर २७, जीवन बीमा ४१, उत्पादन १२३, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ९६, अन्य १५ र ब्यापार समूह ५ अंक बढेको छ ।
 

खबरपाटी
खबरपाटी